• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

तुलसीपुरमा अपांगता भएका व्यक्तिहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न


दाङ सम्बादाता , बैशाख ८, दाङ । तुलसीपुरमा अपांगता भएका व्यक्तिहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयाे ।

तुलसीपुर उपमहानगरपालिका वडा न १३ काे अार्थीक सहयाेग तथा राप्ती बहिरा संघ दाङकाे अायाेजनामा अाज तुलसिपुर उपमहानगरपालिका वडा नं.१३ फुलबारीमा अपांगता भएका व्यक्तिहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडा अध्यक्ष डम्बरबहादुर न्याैपानेकाे प्रमुख अातिथ्यता तथा राप्ती बहिरा संघ दाङका अध्यक्ष अजय कुमार शर्माकाे सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि न्याैपानेले वडामा रहेका अपांगता भएका व्यक्तिहरुकाे हकहित र अधिकारकाे संरक्षण गर्दै उनीहरुलाई याेग्य नागरिक बनाउने जिम्मेवारी वडा नं.१३ काे भएको र उक्त जिम्मेवारी पूरा गर्न हरेक वर्ष अपांगता भएका व्यक्तिहरुकाे अावश्यकता र मागलाई मध्यनजर गरि विभिन्न किसिमका कार्यक्रमहरुमा बजेट विनियाेजन गर्ने अाफ्नाे लक्ष्य रहेकाे कुरा बताए । कार्यक्रममा वडा सदस्यहरु विनाेद पाण्डे, कमला के सी, कमला नेपाली , वडा स्तरिय अपांगता समन्वय समितिका संयाेजक चुर्णबहादुर डाँगी लगाएतकाले मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रशिक्षक प्रतिमा शर्मा र देवा डाँगीले अपांगता सम्बन्धि विभिन्न विषयमा प्रशिक्षण गरेका थिए । उक्त कार्यक्रममा ६५ जना अपांगता भएका व्यक्ति र अन्य सराेकारवालाहरुकाे प्रतिनिधित्व रहेकाे थियोे ।

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार