• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको दहवनबाट द्धारपानी जोड्ने कृषि सडक फराकिलो बनेपछि किसानहरु हर्षित


जेठ ८, सल्यान ।
सल्यानको विकट वस्तीमा फराकिलो कृषि सडक निर्माण भएपछि किसानहरु हर्षित बनेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ दहवन गैरिगाउँ हुँदै द्धारपानी जोड्ने कृषि सडक निर्माण भएपछि त्यहाँका किसानको मनमा खुसि छाएको हो ।

कर्णाली प्रदेश सरकारको भुमि ब्यवस्था तथा कृषि मन्त्रालयको २५ लाख रुपैयाँ लागतमा सडक निर्माण गरिएको निर्माण उपभोक्ता समितीका अध्यक्ष हुम बहादुर कवरले जानकारी गराए । अहिले करिव १ हजार ३ सय ५० मिटर सडक निर्माण गरिएको छ ।

६ मिटर चौडाइ भएको फराकिलो सडक गाउँमा निर्माण भएपछि असाध्यै खुसि लागेको कपुरकोट १ गैरिगाउँ निवासी किसान धनविर रानाले बताए । वेमौषमी तरकारि खेती गर्ने करिव २ सय ५० बढि घरधुरिका किसानलाइ यस सडकले प्रत्यक्ष लाभ पुर्याएको निर्माण उपभोक्ता समितीका सचिव दल बहादुर पुनले जनाए ।

यसै आर्थिक वर्षमा सय सडकलाइ अगाडी बढाउनका लागी थप १५ लाख रुपैयाँ पनि विनीयोजन भएको उपभोक्ता समितीले जनाएको छ । उपभोक्ता समितीले कृषि ज्ञान केन्द्रसंग सम्झौता गरेर काम शुरु गरेको थियो ।

रोल्पाको द्धारपानी सम्म कृषि सडक जोड्ने लक्ष्य रहेको सुनाउदै समितीका अध्यक्ष कवरले विचमा २० मिटर जती कडा चट्टान भएकाले सडक अगाडी बढाउन गाह्रो भएको बताए । यद्यपि अहिले चट्टान काटेर सडक अगाडी बढिसकेको उनले जनाए ।

यसैविच यस कृषि सडकको बुधबार कपुरकोट गाउँपालिकाले अनुगमन गरेको छ । अनुगमन समितीका संयोजक तिला बुढा मगरको नेतृत्वमा रहेको टोलिले सडकको स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलिमा वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्का, इन्जीनियर भुपेन्द्र यरी, योजना शाखाका प्रमुख राजेन्द्र डाँगी, शंकर के सी लगाएत सहभागी थिए । अनुगमन समितीले सडकको नियमित मर्मत सम्भारमा उपभोक्ता स्वयम जागरुक बन्नुपर्ने सुझाव दिदै कृषि सडकको बढि भन्दा बढि उपयोग गर्नुपर्ने कुरामा जोड दिएको थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार