• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानको छत्रेश्वरी गाउँपालिकाले सुरु गर्यो निशुल्क पशु कृतिम गर्भाधारण


सरिता चलाउने / जेठ ८, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउँपालिकाले पशुहरुका लागी कृतिम गर्भाधारण कार्यक्रम सुरु गरेको छ । गाउँमा साँढे नपाइने र कृतिम गर्भाधान गराउदाँ दूध उत्पादनमा समेत बृद्धि हुने भएकोले कृषकहरुका लागी पशुमा कृतिम गर्भाधारण गराउनप्रति गाउँपालिकाले कार्यक्रम सुरु गरेको हो ।

किसानहरुको गाई, भैसि, बाख्रामा कृतिम गर्भाधान गराई उन्नत पशु उत्पादन बृद्धि  गर्ने, दुग्ध बस्तु र मासु उत्पादन गर्ने उदेश्यले कृतिम गर्भाधारण कार्यक्रम सुरु गरेको छत्रेश्वरी गाउँपालिको  पशु सेवा शाखाका प्रमुख अमर रावतले बताए ।

उनका अनुसार गाउँपालिका भित्रमा पशुहरुका लागी कृतिम गर्भाधारण कार्यक्रमले पशुहरुको नश्ल सुधार गरी दुध र मासुमा बृद्धि गर्ने बताए । किसानले पालेका स्थानीय जातका गाई, भैसि र बाख्राहरु बाट पनि उन्नत जातका पशुहरु उत्पादन गरेर उनिहरुलाई आर्थिक रुपमा आत्मा निर्भर बनाउनु पर्ने बताए ।

पशुमा गर्भाधान गराउदा, गाउँपालीकाको पशु सेवा शाखा र वडा कार्यलय बाट प्राबिधिक सहितको टोलीले किसानहरुले पालेका पशुहरुमा निशुल्क कृर्तिम गर्भाधारण गराईदिने उनले बताए । आबश्यक परेको समयमा किसाहरुको घरमै गएर पनि कृर्तिम गर्भाधारण गराईदिने उनले बताए ।

यस बाट किसानलाई वढी फाइदा हुने, बोका पाल्न आवश्यक नहुने, पछिल्लो समय कृत्रिम गर्भाधानको महत्व र यसका फाईदाको लागी कार्यक्रम सुरु गरेको शाखा प्रमुख रावतले बताए । पछिल्लो समय जिल्लामा पशुपालनको क्षेत्रमा किसानहरुको आर्काषण बढदै गएकाले किसानहरुको मागको आधारमा कृर्तिम गर्भाधारण कार्यक्रम सुरु गरेको बताए ।

पहिले पशु सेवा कार्यालयले गाई र भैसीमा मात्रै कृत्रिम गर्भाधारण कार्यक्रम सुरु गर्दै आएको थियो । उनले भने, “पशुपालनको क्षेत्रमा सल्यान जिल्ला अगाडी देखिएकाले पशु कृत्रिम गर्भाधानको आबश्यक रहेको छ, किसानहरुको यस तर्फ ब्यापक माग बढन थाल्यो, किसानहरुका मागका आधारमा पशु विर्य ल्याएका छौ, आबश्यक परेमा फेरि थप गर्नेमा छौ, ।”

पशुसेवा शाखा कार्यालयले चालु आर्थिक वर्षदेखि यसलाई अभियानकै रुपमा अगाडी बढाउने योजना बनाएको छ । गाउँपालिका भरी ६ वटै वडाहरुमाक्षेत्र विस्तारको तयारी गरेको छ ।

जसको लागी गाउँपालीकामा उन्नत जातको विर्य ल्याईसकेको छत्रेश्वरी पशुसेवा शाखाले जनाएको छ । पशु कृत्रिम गर्भाधारणको लागी गाउँपालीकाले यस बर्ष करिब ३ लाख बजेट बिनियोजन गरेको छ । नेपालको पोखरामा कृत्रिम गर्भाधानका लागि प्रजनन प्रशोधन केन्द्र छ । त्यहीबाट उन्नत जातका विर्यल्याइएको हो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार