• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सरकारले अस्थायी शिक्षकको जागिर खोसेपछि ४ शिक्षकको मृत्यु


जेठ ८, काठमाडौं ।

सरकारले अस्थायी शिक्षकको रोजगारी खोसेर जबरजस्ती अवकाशपत्र भिराउँदा हृयघातका कारण ४ जना अस्थायी शिक्षकले ज्यान गएको छ । आयोगले लिएको परीक्षामा अनुत्तीर्ण अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने भनेपछि हृयघातका कारण ४ जनाको मृत्यु भएको अस्थायी शिक्षका सचिव राजन त्रिपाठीले बताए ।

२० दिनदेखि अनशन बसेका शिक्षा सेवा आयोगको परीक्षामा अनुत्तीर्ण अस्थायी शिक्षक समूहले पुनः रोजगारको माग गर्दै आएका छन् । राजधानीको शान्तिबाटिकामा अनशन बस्दै आएका उनिहरुले शिक्षकलाई रोजगारीबाट बञ्चित गराएर विद्यालयमा हाजिर हुन नदिएको बताएका छन् ।

सचिव त्रिपाठीका अनुसार रोजगारी निरन्तर हुनुपर्ने मागसहित १२ हजार ७३९ अस्थायी शिक्षक आन्दोलित छन् । ‘रोजगारी खोसेर जबरजस्ती अवकाशपत्र भिराउँदा हृयघातका कारण ४ जना अस्थायी शिक्षकले ज्यान गुमाइसक्नुभएको छ’, उनले भने, ‘दुईजना शिक्षिका मंगलबार रातिदेखि वीर अस्पतालमा गम्भीर अवस्थामा हुनुहुन्छ ।’ उनले शिक्षिका पनि मानसिक तनावमा रहेको बताए ।

संविधानमा उल्लेखित अधिकारको हनन गर्दै प्रहरीले अनशन बस्नसमेत नदिएको गुनासो शिक्षकहरुले गरेका छन् । शिक्षिका विजया शर्माले आफू शिक्षण पेसामा लागेको २५ वर्ष पुगेको बताइन् ।

‘हाम्रो जागिर निरन्तर होस्, सक्दासम्म काम गरेरै खान पाइयोस। हामीलाई सडकसम्म नर्पुयाए हुने’, उनी भन्छिन्, ’सरकार हाम्रो रोजीरोटी नखोसिदिउन् ।’ उनले सरकारको यो निर्णयबाट ५० हजार परिवार विच्ल्लीमा परेको सुनाइन् ।

रुपन्देहीस्थित तिलोत्तमा माध्यमिक विद्यालयका शिक्षक दयाशङ्कर गुप्ताले लामो समयदेखि कार्यरत शिक्षकको रोजगारी खोस्ने अधिकार कसैलाई नभएको बताए । उनले आफ्नो रोजीरोटी खोसिएको अवस्थामा आन्दोलन कडा बनाउने बताए ।

‘हामी अनशन बसेको २० दिन भयो । तर दुई चार दिनदेखि नेपाल प्रहरीले अनशनस्थलमा पाल लगाउन दिएको छैन’, उनले भने, ’संविधानको धारा १७ लेखिएको स्वतन्त्रताको हकको हनन भइरहेछ । सरकारले हाम्रो मागलाई सुनिरहेको छैन ।’

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार