• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा स्थानीय तहका कामलाई पारस्पारिक जवाफदेहिताले प्रभावकारी बनाउदै


सरिता चलाउने / जेठ ८, सल्यान । स्थानीय तहले गरेका काम कारबाहीलाई प्रभावकारी बनाउने उदेश्यले लागु भएको साझेदारी मन्चको बैठक छत्रेश्वरी गाउँपालीका सल्यानमा सम्पन्न भएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तग हरप्लेस सल्यानको आयोजनामा  छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष सिता केसीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

शिक्षा, स्वास्थ्य, कृर्षि र बिपद ब्यवस्थापनका लागी काम गर्दै आएको पारस्पारीक जवाफदेहिता परियोजनाले स्थानीय स्तरमा भएका सवाहरु हरुलाई बैठकमा छलफल गरी जिल्ला स्तर सम्म ल्याउने काम गर्दैै आएको पारस्पारीक जवाफदेहिता परियोजनाका कायक्रम संयोजक दिपेन्द्र शाहिले बताए । पारस्परिक समझदारी बढाउने स्थानीय सरकारलाई जनउत्तरदायी र पारदर्शी बनाई सुशासन कायम गर्ने उदेश्यका साथ गठन भएको साझेदारी मन्चमा अहिलेसम्म उठेका सवालहरु र  कामहरुको बारेमा छलफलगर्दै आईरहेको बताए ।

साझेदारी मंचको बैठकमा समुदायमा रहेको समस्याहरुमा छलफल गर्ने र त्यहाँ समाधान हुन नसकेका सवालहरु गाउँपालिकामा गठन भएको साझेदारी मन्चमा ल्याएर छलफल गर्ने गरेको उहाँले बताउनु भयो ।

छत्रेश्वरी गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष लिलाधर घर्ति, ६ का वडा अध्यक्ष चुडामनी दसौति, बिषगत शाखाका प्रमुखहरु र स्थानीयको उपस्थित रहेको बैठकमा  गाउँपालीकामा पशु बिमा गर्न नसकेका किसानहरुका लागी प्रभावकारी रुपले पशुबिमा कार्यक्रम संचालन गर्ने, बिद्यालयमा शैक्षिक सामाग्री निर्माण गर्ने, बिज्ञान प्रयोगशालाको संचालन गर्ने शिक्षा कृर्षि र स्वास्थ्यको क्षेत्रमा पहल गर्ने लगायतका बिषयमा छलफल गरिएको संयोजक दिपेन्द्र शाहिले बताए ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष सिता केसीले शिक्षालाई गुणस्तर बनाउनको लागी गाउँपालीकाले पहल गरिरहेको बताइन् । जसको लागी आबश्यक पर्ने सामाग्री निर्माण, बिनियोजन बजेटमा कार्यन्वयन गरिरहेको बताइन् ।

विकासका लागी आएको बजेट सबै काम गर्नुपर्ने भएकाले अबका दिनहरुमा कृषकहरुलाई प्रोत्साहन दिने खालका कार्यक्रमहरु संचालन गर्ने बताइन् । विकासका नाममा बाटो निर्माण मात्र नभएर शिक्षा, स्वास्थ्य र कृर्षिको क्षेत्रमा गाउँपालीका जोड दिएको उपाध्यक्ष केसीले बताइन् ।

पारस्पारीकले झकझक्यायो 

त्रिजमाबि भोटेचौरमा स्टेचरको अभाव थियो, पारस्पारी जवाबदेहिता परियोजना लागु भएपछि बिद्यालयमा स्टेचरको व्यवस्था भएको छ ।  जब यो कार्यक्रम गाउँपालीकामा लागु भयो, साझेदारी मन्च गठन भयो, बेला बेलामा यस्ता सवालहरु नागरीकहरु बाट उठान भए, यी सवालहरु गाउँपालीकाका बिषय गत शाखा प्रमुख जनप्रतिनिधि लिएर छलफल भयो ।

अहिले यो परियोजनाले स्थानीय तहले गरेका काम कार्वा्हिलाई प्रभावकारी बनाउने देखि लिएर, पारस्परिक समझदारी बढाउने स्थानीय सरकारलाई जनउत्तरदायी र पारदर्शी बनाउदै आएको संयोजकले बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार