पूर्ण के.सी. बैशाख ८, दाङ । आज जैविक विविधता दिवस २२ मे विद्यार्थीहरुलाई जैविक विविधताको महत्त्व सिकाउदै मनाईयो। दाङका डिभाईन टेम्पल एकेडेमी तुलसीपुर, श्रीगाउ लाइभ भिजन स्कुल दङिशरण र तुलसीपुर कै शारदा विद्या मन्दिर का माध्यमिक तहका १४० जना विद्यार्थीहरुले सल्यान मुलपानी स्थित बोटानिकल गार्डेन तथा रेसर्च सेन्टरमा अध्यन र अवलोकन गरेका छन ।
आज विश्व जैविक बिबिधता दिवस भएकाले व्यवहारिक ज्ञानका लागी विद्यार्थीहरु त्यहाँ पुगेको टोलिको नेतृत्व गरेका डिभाईन टेम्पल एकाडेमीका प्र.अ. भोजराज न्यौपानेले बताए ।
कार्यक्रम बोटानिकल गार्डेल तथा रीसर्च सेन्टरमा assistant botanist गोपाल शर्माको अध्यक्षतामा सप्पन्न भएको हो। बर्ष 2019 को नारा “हाम्रो जैविक बिबिधता : हाम्रो आहार, हाम्रो स्वास्थ” बिसयमा सेन्टरका हेड फिल्ड असिस्टेन्ट कृष्ण पुन, डिभाईन टेम्पल एकेडमीका भाइस प्रीन्सिपल हिमाल कडेल, शारदा विद्यामन्दिरका प्रीन्सिपल भुवन वलि एवं श्रीगाउ लाइफ भिजनका शिक्षक खेमराज ओलि लगायतले बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका बनस्पतिबिद गोपाल शर्माले विद्यार्थीहरुलाई यो समयमा सिकाएको कुराले भबिस्यमा सकारात्मक प्रभाव पार्ने कुरा बताए । उनले (फिल्ड) मै आएर सिक्ने र सिकाउने वातावरण बनाउन सफल भएकोमा संबंधित विद्यालयहरुलाई धन्यवाद दिए ।
डिभाईन टेम्पल एकेडमीका प्रीन्सिपल भोजराज न्यौपानेले कार्यक्रम संचालन गरेका थिए । विद्यार्थीहरुले फिल्डमा गरे जैबिक बिबिधता सम्बन्धि बनस्पतिका प्रजाती तिनको उपयोग, संरक्षणको कारण लगायतको टिपोट गरेका छन।