• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

आफ्ना कार्यकर्ता हत्याको बदला लिने विप्लवको चेतावनी, १३ गते नेपाल बन्दको घोषण


जेठ ९, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिषयलाई भिडन्तको झुटो नाटक नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

आफ्ना नेता तथा कार्यकर्ताको हत्या र दमनको अभियान चलाएको आरोप लगाउदै सामान्य कार्यक्रममा हिडिरहेका युवा संगठनका कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई नियन्त्रण लिई भिडन्तको झुटो नाटक रची निर्ममतापुर्वक हत्या गरेको भन्दै बिज्ञप्ति मार्दत आफ्नो आक्रोस पोखेका छन् । बुधबार एक विज्ञप्ति जारिगरि जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन् ।

विप्लवले भनेका छन्, ‘केपी ओलीको सामाजिक फाँसीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ । हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’

उनले हत्याको साहारामा कुनै मुक्ति अभियान नरोकिने बताएका छन् । उनले भने, “केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । केपी—पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको छ ।”

केपी सरकारको यस्तो कार्य निकृष्ट हर्कतको भएको भन्दै उनले सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत जोडदार माग गरेका छन् । उनले जनघाती, राष्ट्रघाती, भ्रष्टचारी केपी—पीके सरकारले चलाएको हत्या हिंसाका विरुद्ध हाम्रो पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको बताएका छन् ।

आफ्ना नेता(कार्यकर्ता माथिको दमन, हत्या बिरुद्द नेकपाले देशब्यापी संघर्षका कार्यक्रमहरु पनि विप्लवले सार्बजानिक गरेका छन् । नेकपाले यहि जेठ १० र ११ गते भण्डाफोर र कोणसभा गर्ने छ, जेठ १२ गते देशव्यापी मसाल जुलुस गर्ने छ भने जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ ।

यस्तो छ विज्ञप्ती

 

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार