• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

भाजपाले अग्रता कायम राखेपछि कांग्रेस नेताको मतगणना स्थलमै निधन


जेठ ९, काठमाडौं ।
भारतको मध्य प्रदेश राज्यको मतगणना स्थलमा एक कांग्रेस नेताको निधन भएको छ । यहाँ भाजपाले आफ्नो अग्रता निकै अगाडी बढाएपछि ती नेताको हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मध्य प्रदेशमा २९ मध्य २८ मा भाजपाको मतसंख्या निकै बढी छ । मध्यप्रदेशका सिहोर स्थित मतगणना केन्द्रमा रहेका ती नेतालाई हृदयघात भएको थियो ।

उनलाई तत्कालै जिल्ला अस्पताल लगिएको र अस्पताल पुग्नुअघि नै मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सिहोर जिल्ला कांग्रेस कमिटीका अध्यक्ष रतनसिंह ठाकुर भएको बताइएको छ ।

सिहोर भोपाल लोकसभा सीट अन्तर्गत पर्छ । यस क्षेत्रमा भारतीय जनता पार्टीकी प्रज्ञासिंह ठाकुर र कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहबीच प्रतिस्पर्धामा रहेको छ । जारी मतगणनमा कांग्रेस नेता सिंह ठाकुर भन्दा निकै पछि रहेका छन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार