• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको शिवजन माविले ३ दिन वार्षिकोत्सव मनाउने, आज बजार सरसफाई


जेठ ९, सल्यान
सल्यानको शारदा नगरपालिका १ सितलपाटीमा रहेको शिवजन माध्यमिक विद्यालयले आफ्नो वार्षिकोत्सवका अवसरमा बजार सरसफाई गरेको छ । ६० औँ वार्षिकोत्सवको अवसरमा शिवजनले बिहीबार जिल्लाकै प्रमुख व्यापारी केन्द्र श्रीनगर बजारमा सरसफाइ गरेको हो ।

सरसफाईमा १ हजार भन्दा धेरै विद्यार्थी, शिक्षक, कर्मचारी अभिभावकहरुको सहभागीता रहेको प्रधानध्यापक हिरालाल नेपालीले बताए । उनका अनुसार विद्यालयले पहिलो दिन बजार सरसफाई, दोस्रो दिन अर्थात शुक्रवार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

शिविरमा आम जनसमुदायको लागि लक्षित गरिएको उनले बताए । शिविरमा कोहलपुर मेडिकल कलेजमा कार्यरत डा. श्याम विक लागायतको विशेषज्ञ टोलिले स्वास्थ्य परिक्षणका लागि आउन लागेको विद्यालयका अध्यक्ष राजेश विकले जानकारी दिए ।

विद्यालयले जेठ ११ गते शनिबारका दिन भव्य कार्यक्रमका विच वार्षिकोत्सव मनाउने बताएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार