• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

तुलसीपुरमा जनजातिहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न


दाङ संवाददाता/ जेठ ९, दाङ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ को आर्थीक सहयोग तथा राप्ती बहिरा संघ दाङको आयोजनामा जनजातिहरुको सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य केशरलाल चौधरीको प्रमुख आतिथ्यता तथा राप्ती बहिरा संघ दाङका अध्यक्ष अजयकुमार शर्माको शभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले समाजमा पछाडि पारिएको लक्षित वर्ग मध्येको एक वर्ग जनजातिहरुको सशक्तीकरण गर्नु आजको प्रमुख आवश्यकता भएको बताए । वडा नं. १३ ले जनजातिहरुको सशक्तीकरणका लागि आर्थीक, सामाजिक ,साँस्कृतिक तथा राजनीतिक सशक्तीकरणमा जोडदिने खालका कार्यक्रमहरुमा आगामीदिनहरुमा बजेट विनियोजन गर्दै अगाडि बढाउने कुरा बताए ।

कार्यक्रममा प्रशिक्षक झरेन्द्र खरेल, प्रतिमा शर्मा र देवा डाँगीले जनजातिहरुको संविधानमा उल्लेख भए बमोजिमका कानुनी तथा अन्य विषयहरुमा प्रशिक्षण गरेका थिए । ६० जना जनजातिहरुको उपस्थिति रहेको कार्यक्रममा प्रेम घर्ती र मंगला चौधरीले आफ्नो मन्नतव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार