• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

रोल्पाका दुई युवा युवती छटपटाईरहेको अबस्थामा दाङको जंगलमा फेला, एकको मृत्यु


जेठ ९, दाङ ।
दाङमा एक जना मृत र एक जना छटपटाई रहेको अबस्थामा सामुदायीक वनमा फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को राटामाटा सितल सामुदायिक वन क्षेत्रमा आज दिउँसो एक युवक मृत भेटिएका हुन भने उनि सँगै एक युवती छटपटाईरहेको अबस्थामा फेला परेका हुन् ।

मृत अबस्थामा भेटिएका युवक रोल्पा सुनिल स्मृती गाउँपालिका ८ असरेका १८ बर्षिय राजेश घर्ती र छटपटाईरहेकी सोही ठाउँकी १७ बर्षिया गिता केसी रहेको दाङका प्रहरी प्रबक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन । वन हेर्न गएका सुनिल चौधरीले ति युवा युवती छटपटाईरहेको देखे पछि वडा सदस्यलाई खबर गरी प्रहरीलाई जानकारी गराएपछि उनिहरुको उद्धार गरिएको

मृतक युवकको शबलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शबगृहमा राखिएको छ भने युवती केसीको प्रतिष्ठानमै उपचार भैरहेको छ । उनिहरुले बिषादी सेवन गरेको प्रहरीले अनुमान गरेको छ ।

घटना स्थलमा बिषादीको गन्ध आएको र बोतलको बिर्को समेत फेला परेको प्रहरीको भनाई छ । युवती बेहोस भएका कारण घटनाका बारेमा सबै खुल्न नसेकको र अनुसन्धान भैरहेको प्रबक्ता शाहले जानकारी दिएका छन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार