• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यान कालीमाटीमा प्रथम राष्टपति रनिङ शिल्ड प्रतियोगिता सुरु


जेठ ९, सल्यान ।
सल्यानको कालीमाटी गाउँपालिका वडा नम्वर ३ रामपुरमा प्रथम राष्टपति रनिङ शिल्ड तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता विहिवार देखी सुरु भएको छ । शारदा जनकल्याण माध्यामिक विद्यालयको आयोजना कालीमाटी गाउँपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरीएको हो ।

गाउँपालिका शिक्षा समितिका सदस्य ईन्द्र बहादुर वलीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गदै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकामा खेलकुदको विकास गरिने बताएका छन् । राष्टका लागी खेलकुद र स्वास्थ्यका लागी खेलकुद भन्ने नारालाई सार्थक तुल्याउनका लागी गाउपालिकाले विशेष जोड दिने उनले बताएका छन् ।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शहनशिलता वली लगाएतले बोलेका थिए । १३ गते सम्म सन्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्र रहेका ५३ वडा विद्यालय मध्ये ३३ वटा विद्यालय आधारभुत तहका रहेका छन् भने ६ वटा माध्यामिक तहका सहभागी भएका छन् ।

३१ वटा विधामा हुने खेलहरुमा छात्रछात्रा गरी झन्डै चार सयको सहभागिता रहने आयोजकले जनाएको छ ।प्रतियोगितामा विजेता हुनेलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ ।

दोस्रो उपराष्टपति चिल्ड्रेन्स प्रतियोगिता समापन

जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजनामा सन्चालन गरिएको जिल्ला स्तरिय दोस्रो उपराष्टपति चिल्डे«न्स प्रतियोगिता विहिवार समापन भएको छ ।

बुधवार र विहिवार गरी दुई सम्म आयोजना गरिएको प्रतियोगितामा कुमाख गाउँपालिकाको रुमालमा रहेको नारायण माध्यामिक विद्यालय प्रथम, कपुरकोट गाउँपालिकाको किमचौरमा रहेको नेपाल राष्टिय माध्यामिक विद्यालय दोस्रो र छत्रेश्वरी गाउँपालिकामा रहेको जानकी माध्यामिक विद्यालय तेस्रो स्थान हासील गर्न सफल भएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार