• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा खुलेका सबै यातायातको मेलमिलाप, क्यू मिलाएर गाडी संचालन


जेठ १०, सल्यान । सल्यानमा फेरि यातायात समिती र प्रालिहरुले क्यू मिलाएर गाडी संचालन गर्ने भएका छन् । केहि महिना पहिले राप्ती सार्वजनिक यातायात व्यवसायी समिति, सल्यान रुकुम यातायात व्यवसायी समिति, सिस्ने हिमाल यातायात व्यवसायी समिति र नमस्ते राप्ती यातायात प्रा.लि.ले संयुक्त रुपमा क्यू मिलाएर गाडी संचालन गर्दै आएका थिए ।

अब सल्यानमा बाँकी रहेका शारदा यातायात प्रा.लि. र सल्यान शारदा यातायात प्रा.लि.ले पनि त्यी ४ ओटा यातायात सँग मेलमिलाप गरेर क्यू मा गाडी संचालन गर्ने भएका छन् । सबै ६ वटा समिती र प्रा.लि.ले संयुक्त रुपमा क्यू मा गाडी संचालन गर्ने सल्यान रुकुम याताया व्यवसायी समितीका अध्यक्ष अरबिन्द कुमार राईले जानकारी दिए ।

उनका अनुसार जेठ ७ गते बसेको संयुक्र यातायातको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय जेठ ८ गतेदेखि दाङ र जेठ १० गतेदेखि सल्यानमा लागु भएको उनको भनाई छ ।

अब यी संयुक्त समिती र प्रा.लि.ले दाङ, सल्यान, रुकुम र सुकिदह रोल्पामा संयुक्त डायलबाट गाडी संचालन गर्ने नमस्ते राप्ती यातायात प्रा.लिका उपाध्यक्ष ओमकार बोहराले जानकारी दिए ।

यातायात व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धालाई हटाई यात्रुमुखी सेवा दिनको लागी सबै समिति र प्रा.लि. मिलेर जानुपर्ने परिस्थिति आएको राप्ती सार्वजनिक यातायात ब्यवसायी समितिका अध्यक्ष सुरेश हमालको दाबी छ । उनले पछिल्लो समयमा यातायात क्षेत्र अस्वस्थ प्रतिस्पर्धाको कारण धरासायी बन्दै गएको र त्यसलाई रोक्नको लागी मिलेर जानुको बिकल्प नरहेको भन्दै यस्तो निर्णय गरेको प्रतिकृया दिएका छन् ।

यसरी संयुक्त रुपमा क्यू सिस्टम मिलाउदा यसअघि शारदा यातायातले दाङदेखि सल्यान दमाचौर हुँदै झ्यामसम्म संचालन गरेको गाडीलाई दमाचौरमै रोकिने भएको छ । झ्यामको लागी अब यसअघि रोल्पाको सुकाओडार संचालन भएको गाडीले कभर गर्ने बताइएको छ ।

त्यस्तै दुई शारदा प्रा.लि.ले दाङदेखि सल्यानको खोरबारे, गरुदासे, दमाचौर, जयचौर, दहखोला लगायतका ठाउँहरुमा मिनिबसहरु डायलमा संचालन गरिने सल्यान शारदा यातायात प्रा.लिका अध्यक्ष डम्बरसिंह तिरुवाले बताए । उनले सल्यानका दुइवटा प्रा.लि.हरुको तुलसीपुर ट्याक्सी समिती संगको सम्झौतालाई तोडरे संयुक्त यातायात बाट गाडी संचालन गरेको बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार