जेठ १०, सिरहा ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चाेकमा गएराती बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। भने २५ जना घाइते भएका छन्।
ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये ८/१० जना गम्भीर रहेका छन्।
मृत्यकको पहिचान खुल्न सकेको छैन्। एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए। सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरुको नामावली
१. ढलक बहादुर खडका, ढल्केबर नपा ९, धनुषा
२. दिपेन्द्र यादव, सिरहा नपा ९ गुलरिया, सिरहा
३. हरि शंकर साह, कटहरिया ५ रौतहट
४. रंजन साह
५. निर्मला राउत, सबैला ४ धनुषा
६. आरएन राउत (निर्मलाको छोरा)
७. पुष्पा यादव, जनकपुर ९
८. हिमाकुमारी कामत, मिर्चैया नपा ६ सिरहा
९. भुलीदेवी कापर, मिर्चैया नपा ६, सिरहा
१०. विजय साह, मिर्चैया नपा ५ सिरहा
११. सिद्धान्त सिंह, जनकपुर ९ धनुषा
१२. पवन साह, मिर्चैया नपा ५ सिरहा
१३. राकेश कुमार यादव, मंलगवा
१४. अनितादेवी राउत, धनुषा
१५. कविता कुमारी महतो, सिरहा
१६. राजाबाबु कुमार पटेल, मोतिहारी भारत
१७. संजय कुमार पटेल, मोतिहारी भारत
१८. दिपक पटेल, मोतिहारी भारत
१९. सुभाष पटेल, मोतिहारी भारत
२०. पुनम राउत, धनुषा
२१. सतेन्द्र यादव, मोतिहारी भारत
२२. विरेन्द्र महतो ( सह चालक)
२३ निषा चौधरी, धनुषा विरेन्द्र बजार
२४. मुनिदेवी दास, सुखिपुर, सिरहा
२५. हेमनारायण दास, सुखिपुर, सिरहा
२६. निर्मला राउत, सबैला ४ धनुषा
२७. साजन राउत, सिरहा
२८. रामप्रताप राउत, नगराइन नगरपालिका ८ धनुषा
२९. एक जना चोट पटक लाग्दा बोल्न नसकेको घाइते
३०. रामशरण यादव( चालक), धनुषा नपा ८, धनुषा
फाइल फोटो