• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान रात्पहराका किसानले प्राविधिक सहयोग लिदा पहिलेको भन्दा ४ गुणा उत्पादन बढ्यो


जेठ १०, सल्यान ।  सल्यानको नगरपालिका भित्र संचालित यु.एस.ए.आइ.डि. किसान २ परियोजना र मनकामा एग्रोभेट सेन्टर थारमारेको साझेदारीमा संचालित कृषि कार्यक्रमले किसानहरुको खेतबारीमा गएर अनुगनम गरेको छ ।

बिहीबार नगरको वडा नम्बर ५ रात्पहरामा रहेको फुलबारी कृषक समुहमा अनुगमन गरिएको हो । यो संस्थामा आवद्ध भएका किसानहरुले कस्तो कृषि गरिरहेका छन् भनेर अनुगमन गरिएको साझेदारी कृषी कार्यक्रमका कृषि प्राविधिक खेमराज सुनारले लेकाली अनलाइनलाई बताए ।

उनका अनुसार यु.एस.ए.आइ.डि.र मनकामना एग्रोभेटले साझेदारी गरेर नगरभरी १६ वटा कृषि समुह बनाएर किसानहरुलाई कृषि प्राविधिक सहयोग दिदै आएका छन् । त्यसमध्यको एक समुह रहेको रात्पहरा कृषि समुहमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा किसानहरुले परम्परागत तरिकाले गरेको खेती भन्दा अहिले गरेको खेतिको उत्पादन ४ गुणा बढी भएको उनले बताए । यहाँका किसानले अहिले काँक्र, टमाटर, भेडेखुर्सानी, पिरो खुर्सानी लगाएतका तरकारी लगाएका छन् । काँक्रामा प्लास्टिक छापो प्रविधि र अन्य बोटमा 3G कटिङ गर्दा गुणस्तर राम्रो भएर ४ गुणा बढी फलेको उनले बताए ।

यो तरकारी रोप्न यो कार्यक्रमले यसअघि किसानहरुलाई प्राविधिक तालिम दिएको थियो । त्यहि तालिम अनुसार किसानले तरकारी उत्पादन गरेको उनले बताए । रात्पहरामा अहिले २३ जना किसानहरुको समुह रहेको छ । जसमा ७५ प्रतिशतले यहि प्रविधिलाई व्यवसायीक श्रपमा लिएर खेति गरेका छन् ।

उत्पादित बस्तुको बजारीकरणको लागी पनि आफुहरुले सहयोग गरेको कृषि प्राविधिक सुनारले बताए । यो कार्यक्रम बगचौर नगरपालिकाको वडा नम्बर १, २, ३, ५ र १० मा लागु भएको उनको भनाई छ । जसमा ४ सय घरधुरी लाभाम्बीत भएका छन् ।

अनुगमनमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख कल्पना पुन, निमित्त कार्यकारी अधिकृत पुर्ण ओली, कार्यपालिका सदस्य पुष्पा डिसी, सुचना अधिकृत तिर्थराज डाँगी लगाएतको सहभागी रहेको थियो । यो कार्यक्रम निकै प्रभाबकारी भएको र कार्यक्रम सकेसम्म नगरपालिका भित्रका सबै ठाउँमा बिस्तार भए झनै प्रभाब बढ्ने नगरप्रमुख बुढाथोकीले बताएका छन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार