• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

तुलसीपुर १३ फुलबारीमा दलितहरूको सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न


दाङ सम्बादाता , बैशाख १०, दाङ । तुलसीपुर १३ फुलबारीमा दलितहरूको सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

तुलसिपुर उपमहानगरपालिका वडा नं.१३काे अार्थीक सहयाेग तथा राप्ती बहिरा संघ दाङकाे अायाेजनामा दलितहरूको सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम अाज तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ फुलबारीमा सम्पन्न भयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडा सदस्य कमला नेपालीकाे प्रमुख अातिथ्यता तथा राप्ती बहिरा संघ दाङका अध्यक्ष अजय कुमार शर्माकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेपालीले नेपाली समाजमा सबैभन्दा पछाडि परेकाे दलित समुदायकाे सशक्तीकरणका लागि विभिन्न किसिमका नीतिगत व्यवस्था भए पनि कार्यान्वयनमा कसैको ध्यान नगएकाे र समाजमा जातिय छुवाछूतको व्यवहार अझैसम्म पनि कायमै रहेकाले तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ लाई छुवाछूत मुक्त वडा बनाउनका लागि पनि दलितहरुकाे सशक्तीकरण गरिनु अावश्यक ठानेर वडाले याे कार्यक्रममा बजेट विनियोजन गरेकाे र अागामी वर्षहरुमा पनि अन्य रचनात्मक कामहरु गर्न वडा लागि पर्नेमा जाेड दिइन् ।

उक्त कार्यक्रममा प्रशिक्षकहरु माेहन धिताल,प्रतिमा शर्मा र देवा डाँगीले दिलतहरुकाे संवैधानिक अधिकारहरु तथा अन्य विषयवस्तुहरुमा प्रशिक्षण गरेका थिए । उक्त कार्यक्रममा कविता परियार र बालाराम नेपाली लगाएतकाले अाफ्नाे मन्तव्य व्यक्त गरेकाे साे कार्यक्रममा ७७ जना व्यक्तिहरुकाे सहभागीता रहेकाे थियोे ।

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार