• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

जातीय विभेद अन्त्यका लागि सल्यानको शारदा नगरपालिकाले गर्यो सहभोज


जेठ १, सल्यान । सामाजिक रुपान्तरण लाई टेवा पुर्याउने उद्देश्यले सल्यानको शारदा नगरपालिकाले सहभोज कार्यक्रमको आयोजना गरेको छ। समता दिवसको अवसर पारेर नगरपालिकाले वडा नम्वर ६ को बरलामा कार्यक्रमको आयोजना गरेको हो ।

सहभोजमा पाकेका खानेकुराहरु दलित र गैर दलित ब्यक्तिहरु मिलेर पकाएका हुन् । खानाका परिकारपनि पुर्याउन दलित समुदायका ब्यक्ती नै थिए ।सहभोज कार्यक्रममा दलित र गैर दलित समुदायका नागरिक हरुको बाख्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै शारदा नगर प्रमुख सुरेश अधिकारीले छुवाछुत, सामाजिक विभेद र अपहेलनाले सुन्दर समाज निर्माण हुन नसक्ने भन्दै यस्ता कुरालार्इ अभ्यास बाटै हटाउने उद्धेस्यले सहभोजको आयोजना गरिएको स्पस्ट पारे । उनले आफुले चुनावका बेला यस्ता कुरिती बिरुद्ध लाग्ने प्रतिवद्धता गरेको स्मरण गर्दै सामाजिक रुपमा बिभेदमा पारियका हरुको पक्षमा लाग्न सबैसँग आग्रह गरे।

कार्यक्रममा दलित समुदायका अगुवा एवम दलित बिकाश समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालिले दलितहरु माथी भैरहेको सामाजिक विभेद अन्यायपुर्ण रहेको भन्दै सुन्दर समाजका लागि व्यबहारमै यसको उन्मुलन हुनुपर्ने बताएका छन् । उनले कानुन र नितिगत रुपमा छुवाछूत हटेतापनी ब्यबहारीक पक्षमा अझै हट्न नसकेको बताए।

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि बुढाथोकी, शानपा नगर उपप्रमुख सावित्रा वस्नेत, दार्मा गाउपालिका प्रमुख निम बहादुर केसी अरुण, कुमाख, छत्रेश्वरी गाउपालिकाका उपप्रमुख हरु,  कांग्रेस नेताहरु डिल्लीराज रेग्मी, राजेन्द्र शाह, सुरेन्द्र हमाल, धुर्वराज पुरी, महेश मल्ल, सभापती गणेश चन्द, एकराज डाँगी, निम बहादुर ओली, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धानका प्रमुखहरु मानव अधिकारकर्मी ,सरोकार वाला, अन्य जनप्रतिनिधि, ,सर्वसाधारन, पत्रकार लगाएतकाहरुको बाख्लो उपस्थिती रहेको थियो।

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार