• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानको शैक्षिक स्थिति खस्किदा लाजले शिर झुकाउनुपर्थ्यो : सांसद बस्नेत


जेठ १०, सल्यान । प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेतले सल्यानमा पछिल्लो समय शिक्षामा सुधार हुन थालेको बताएका छन् । उनले केहि समय अघि सल्यानको शिक्षा खस्किएको भन्दै अहिले विस्तारै सुधार हुँदै गएको बताएका हुन् ।

शुक्रबार सल्यान त्रिवेणी गाउँपालिका १ काभ्रामा रहेको जनता माध्यामिक विद्यालयको ४५ औँ वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले केहि समय पहिले सल्यानमा परिक्षा खस्किएपछि बाहिर जाँदा लाज लागेर शिर झुकाउनु पर्ने अबस्था भएको स्मरण गरे । पुर्व मन्त्री समेत रहेका बस्नेतले भने, “केहि समय अघि सल्यानमा परिक्षा खस्कीएपछि हामी बाहिर जाँदा ताल लागेर शिर झुकाउनु पथ्र्याे । सल्यानबाट पढेर आएको हुँ भन्दा मान्छेहरु अलिकती निधार खुम्च्याउथे ।”

तर अहिले त्यसो नभएर सल्यानको शिक्षा प्रणाली सुधार हुँदै गएको हुनले बताए । लोकसेवामा पनि सल्यानबाट केहि व्यक्तीहरुले नाम निकाल्न सकेको भन्दै उनेल अब सुधार भएको बताए ।

२०५० देखि ०६० साल सम्मको अवधिमा सल्यानको शैक्षिक क्षेत्र गड्यामगुडुम ढलेको उनले बताए । त्यसपछि आफुहरुले त्यसलाई उठाएर सुधार गरेको उनले दाबी गरे । उनले भने, “हामीले त्यसलाई मेहेनत गरिम, त्यसमा मेरो योगदान छ भन्नेमा म ढुक्क छु । यसमा केहि सिडियो र जिशिओको सहयोगपनि छ ।”

त्यस्तै लामो समयदेखि नेपालमा शैक्षिक स्थिती डामाडोल भएको बताए । तर त्यो विस्तारै सुधारिदै गएको उनले बताए । शैक्षिक क्षेत्रमा ठुला माफियाहरु पसेको र त्यसलाई फाल्नको लागी स्थानीय तहहरु पनि सकृय हुनुपर्ने उनले बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार