• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यान त्रिवेणी गाउँपालिका उपाध्यक्षले गरिन् गरिब विद्यार्थीलाई सहयोग


जेठ १०, सल्यान । सल्यान त्रिवेणी गाउँपालिका उपाअध्यक्ष करुणा खड्काले आफ्नो व्यक्तीगत तर्फबाट गरिब तथा विपन्न विद्यार्थीहरुलाई पोसा, कापी, कलम सहयोग गरेकी  छन् । त्रिवेणीको वडा नम्बर १ मा रहेको जनता माध्यामिक विद्यालयको ४५ औँ वार्षिकोत्सब कार्यक्रममा शुक्रबार उनले उक्त विद्यालयका ५ जना गरिब विद्यार्थीलाई सहयोग गरेकी हुन् ।

सहयोग पाउनेमा कक्षा १० का टिका बोहरा, ९ का सिर्जना केसी, ८ का आशा पुन, ६ का लाल बहादुर ओली र धन बहादुर ओली रहेको विद्यालयले जनाएको छ ।  उनि सँगै विव्यस सदस्य पदम बुढाथोकीले पनि ६ दर्जन कापी कलम विद्यार्थीलाई सहयोग गरेका छन् ।

वार्षिकोत्सब कार्यक्रममा बोल्दै उपाअध्यक्ष खड्काले शिक्षा सुधारको लागी गाउँपालिकाले धेरै प्रयास गरेको बताइन् । उनले गाउँपालिकाले आफ्नै किताब, दिवा खाजाको व्यवस्था गरेको बताइन् ।

शिक्षामा गाउँपालिकाले राजनिती गर्याे भन्ने विषय उठेको भन्दै उनले त्यो सरासर गलत भएको बताइन् । उनले आगामी बर्ष त्रिवेणी गाउँपालिकाले बालबालिकाको लागी पनि बजेट बिनियोजन गर्ने भन्दै बालबालिकाको समस्या उठान गर्न आग्रह गरिन् ।

विव्यस अध्यक्ष कमला पुनको सभा अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

यो पनि पढ्नुहोस्   

सल्यानको शैक्षिक स्थिति खस्किदा लाजले शिर झुकाउनुपर्थ्यो : सांसद बस्नेत

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार