• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दाङमा घर बनाउन रोल्पाबाट लिदै गरेको काठ सल्यानमा प्रहरीले समात्यो


जेठ ११, सल्यान । रोल्पाबाट दाङ तर्फ लैजान लागेको काठ सल्यान कपुरकोटबाट प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विहानै २ बजेतीर काठ र गाडी नियन्त्रणमा लिइएको प्रहरी चौकी कपुरकोटले जानकारी गराएको छ ।

चेकजाँचको क्रममा कपुरकोट स्थीत चेक पोष्टबाट रा १ ज ४५६ नम्बरको गाडीमा २० वटा काठको कडि फेला पारिएको प्रहरी सहायक निरिक्षक रोमहर्ष गौतमले जनाए । निकासीका लागी बैधानिकता नपाएको उक्त काठ, गाडी र चालक जीत बहादुर ओलीलाई आवश्यक कारबाही प्रक्रियाका लागी इलाका प्रहरी कार्यालय लुहाम पठाइएको गौतमले जनाए ।

रोल्पाको माडि गाउँपालिका १ तुसारपानीबाट दाङ तुलसिपुर तर्फ काठ लग्न थालिएको बताइएको छ । तुलसिपुरमा घर निर्माण गर्न लागेकाले आफ्नै जमिनको रयाँज जातको काठ लग्न थालेको चालक जीत बहादुरका भाइ हरि ओलीले जानकारी गराए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार