• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा आगलागीबाट फेरी एउटा घर जलेर नष्ट


इन्द्र बुढाथोकी / जेठ ११, सल्यान । सल्यानको पश्चिम क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।  शुक्रबार साँझ बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ काफलपानीमा सामुदायीक वनमा लागेको आगो अत्याधिक हावाहुरीले गाउँमा पसेर घर आगलागी भएको हो ।

घर आगलागी हुनेमा स्थानीय खुसिराम बादीको रहेको छ । आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा सबैजलेर नष्ट भएको उनले बताए । त्यस्तै घरमा भएको २ सेट सोलारको पाता, १ सेट टचिङ्ग मोबाइल समेत जलेर नस्ट भएको पीडित बादीले बताएका छन् ।

वनमा लागेको आगो घर नजिकै आएको बेला निभाउन खोजेको तर अत्याधिक हावा हुरी लागेको कारण खरले छाएको घरमा आगलागी भएको पीडित बादिले बाताएका छन् । अहिले उनको घरको सबै खाद्यान्न तथा अन्य सामाग्री जलेर नष्ट भएपछि ५ जनाको परिवार पाल्न कठिन भएको उनले बताए ।

यो बर्ष सल्यानमा अत्याधिक आगलागस् भएको छ । यो बर्ष सल्यान धेरै आगलागी हुनेमध्य नेपालको दोस्रो जिल्लामा परेको तथ्याङले देखाएको छ । यस बर्षको बैशाख र जेठमा मात्रै गरेर आगलागीबाट सल्यानमा ३ जनाको ज्यान गएको छ भने एक दर्जन भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार