• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

ठकुरी सहयोग संजाल सल्यानद्वारा शिवजन माविलाई अग्नी नियन्त्रक सामाग्री सहयोग


जेठ ११, सल्यान । ठकुरी सहयोग संजाल सल्यानले जिल्लाको शारदा नगरपालिका १ सितलपाटीमा रहेको शिवजन माविलाई अग्नी नियन्त्रक सामाग्री सहयोग गरेको छ । विद्यालयको  ६० औँ वार्षिकत्सव कार्यक्रमको अवसर पारी उक्त संजालले हस्तान्तरण गरेको ।

संजालका अध्यक्ष अभिषेक हमालद्वारा विद्यालयका प्राधानाध्यक हिरालाल नेपाली र ब्यबस्थापन समितिका अध्यक्ष राजेस बिकलाई अग्नि नियन्त्रक सामाग्री हस्तान्तरण गरिएको हो । ५ हजार २ सय मुल्य बराबरको उक्त अन्गी नियन्त्रण सामाग्रीले कार्यालय, ल्याव तथा कक्षा कोठामा हुने आगलागीलाई सजिलै नभिाउन सक्ने अध्यक्ष हमालले बताए ।

विद्यालयको वार्षिकत्सव कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथ पुर्र्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेत, जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिस्ट लगाएतको सहभागीता रहेको थियो ।

३ दिनसम्म वार्षिकत्सव मनाएको शिवजनले जेठ ९ गते श्रीनगर बजार सरसफाई र १० गते निशुल्क स्वास्थ्य शिविरको आयोजना गरको थियो । हिजो १० गते संचालन भएको स्वस्थ्य शिविरमा ५ सय २१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार