दाङ सम्बादाता , बैशाख ११, दाङ । राष्ट्रिय अपांग महासंघ प्रदेश नं.५काे अायाेजना तथा सामाजिक विमास मन्त्रालय प्रदेश नं.५ काे अार्थिक सहयाेगमा अपांगता भएका व्यक्तिहरुकाे क्षमता विकासका लागि ४ दिने तालिम अाजदेखि तुलसिपुर दाङमा सुरु भयाे ।
राष्ट्रिय अपांग महासंघ प्रदेश नं.५का अध्यक्ष देवीदत्त अाचार्यकाे सभापतितब तथा राष्ट्रिय अपांग महा संघ संघीय सचिव भावुकजंग थापाकाे प्रमुख अातिथ्यतामा उदघाटन भएको उक्त तालिमकाे उदघाटन सत्रमा बाेल्दै प्रमुख अतिथि थापाले अपांगता भएका व्यक्तिहरु विभिन्न कारणले पछाडि परेकाे र उनीहरुलाई नीतिनिर्माणतहमा सहभागी गराउनका लागि राष्ट्रिय अपांग महासंघले पैरवी गर्दै अाएकाे कुरा बताए ।
साथै उनले अपांगता भएका व्यक्तिहरुकाे समस्या पहिचान गरेर सम्बन्धित निकायमा पुग्यौं भने हामी सबैभन्दा वर्गका अपांगता भएका व्यक्तिहरुले अाफ्नाे समस्या अनुसारकाे समाधान प्राप्त गर्न सक्ने कुरामा प्रमुख अतिथि थापाले जाेड दिए ।
उक्त कार्यक्रमका अर्का वक्ता तुलसिपुर उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखाप्रमुख सीता अधिकारीले अब हरेक प्रकारका अपांगता भएका व्यक्तिहरुकाे समान विकासका लागि सबै प्रकारका अपांगताकाे वर्गका व्यक्तिहरुलाई यस्ता किसिमका क्षमता विकासका कार्यक्रम फरकफरक दिनमा फरकफरक अपांगताकाे वर्गलाई छुट्टाछुट्टै किसिमले तालिम दिनसक्नु पर्ने र अागामी अार्थीक वर्षकाे लागि तुलसिपुर उपमहानगरपालिकामा पनि अपांगता लक्षित कार्यक्रमहरुका लागि बजेट विनियोजन गरिने कुरामा जाेड दिईन् ।
साथै कार्यक्रममा बाेल्दै कार्यक्रमका अतिथि इलाका प्रहरी कार्यालय तुलसिपुरका ईन्सपेक्टर विक्रम कुवँरले तुलसिपुरमा अल्पकालीन वा दीर्घकालीन अावास शुरक्षागृह नभएको कारण अनाथ र विपन्न तथा वेवारिसे अपांगता भएका व्यक्तिहरुकाे सुरक्षामा कठिनाइ भएको र उक्त समस्यालाई निराकरण गर्नका लागि स्थानीय तहमा अल्पकालीन वा दीर्घकालीन सुरक्षा अावास गृह सञ्चालन गर्नका लागि स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जाेड दिनु भयाे ।
राष्ट्रीय अपांग महासंघ प्रदेश नं.५ का सचिव अजयकुमार शर्माकाे स्वागत मन्तव्यबाट सुरु भएको तालिमकाे उदघाटन सत्रकाे सहजिकरण राप्ती बहिरा संघ दाङकि कार्यक्रम संयाेजक देवा डाँगीले गरेकी थिईन् । ४० जना व्यक्तिहरुकाे सहभागीता रहेकाे छ ।