• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

कामको खोजीमा तिब्बत गएका ४ नेपाली युवा चिनियाँ युवतीलाई हत्या गरेको आरोपमा पक्राउ


जेठ ११, सिमकोट । कामको खोजीमा तिब्बतको ताक्लाकोटमा पुगेका चारजना नेपाली युवालाई चिनियाँ युवती हत्याको आरोपमा तिब्बत प्रहरीले पक्राउ गरेको छ । तिब्बतको पुराङ कन्ट्रीमा रहेको चिनियाँ बैंकमा युयन १० हजार रुपैयाँमा जम्मा गर्न गएकी युवतीलाई पछाडिबाट रडले टाउँकोमा हिर्काएर हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

हत्या आरोपमा हुम्ला जिल्लाका सर्केगाड गाउँपालिका ३ उनापानीका पेज फडेरालगायत तीन जनालाई पक्राउ गरी पुराङ कन्ट्रीको सदरमुकाम टिन्चु शहरमा लगिएको ताक्लाकोटबाट बहादुर लामाले बताए । उनका अनुसार बैंक आसपासमा जडान भएका सिसी क्यामाराको फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका अन्य तीन जनाको विवरण खुलाइएको छैन । पक्राउ परेका अन्य तीन जनालाई हत्या आरोपसँगै मोबाइल चोरेको आरोप पनि लगाइएको छ । उनीहरूलाई २६ हजार ५ सय ७१ रुपैयाँ बराबरको मोबाइल चोरोको आरोप लगाइएको ताक्लाकोटमा व्यापार गर्दै आएका नाम्खा-१ गाडपारीका व्यवसायी उर्गेन लामाले बताए ।

हत्या अभियोगमा समातिएका चारजनालाई अनसन्धानपछि निर्दोष भेटिए छोडिदिने चिनियाँ प्रहरीले बताएको हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका सिमकोट १ दोजामका ईन्द्र लामाले बताए । हत्या आरोपमा नेपाली पक्राउ परेपछि ताक्लाकोटमा नेपाली कामदारलाई कडाई गरिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते शनिवार