मतगणना चलिरहँदा जन्मेको बच्चाको नाम ‘नरेन्द्र मोदी’ राखियो


जेठ १२, भारत । भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहँदा जन्मेका एक शीशुको नाम अभिभावकले नरेन्द्र दामोदर दास मोदी राखेका छन् ।

मतगणनाका दिन अर्थात २३ मे मा उत्तरप्रदेशको गोडामा एक मुस्लिम परिवारमा बच्चाको जन्म भएको थियो । उनकी आमाले आफ्ना छोराको नाम नरेन्द्र दामोदर दास मोदी राखेकी हुन् ।

बच्चाकी आमाले छोरा जन्मेपछि दुबईमा रहेका आफ्ना श्रीमानलाई फोन गरेकी थिइन् । फोनका क्रममा श्रीमानले ‘नरेन्द्र मोदी आएका हुन?’ सोधेका थिए ।

‘यसपछि मैले छोराको नाम नरेन्द्र दामोदर दास राख्ने निर्णय गरेकी हुँ’, ती महिलाले पत्रकारहरुसँग भनेकी छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार