• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

भोली जेठ १३ गते नेपाल बन्दको घोषणा, बन्द सफल पार्न नेकपा सल्यानको विज्ञप्ती


जेठ १२, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ । केहिदिन अघि सो पार्टीका भोजपुर जिल्ला सदस्य तिर्थ घिमिरे ‘राजु’ लाई गोली हानि प्रहरीले हत्या गरेको विरोधमा बन्द गर्न लागिएको नेकपाले जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै बन्द गरिएको भन्दै नेकपा सल्यानले बन्द सफल पार्न आग्रह गरेको छ । पार्टीका जिल्ला इन्चार्ज विश्व र सेक्रेटरी लोक्पालले एक विज्ञप्ती जारी गर्दै सल्यानमा बन्द सफल पारिदिन सम्पुर्ण यातायात, व्यापार, शैक्षिक संस्था लगायतलाई आग्रह गरेका छन् ।

विज्ञप्तीमा राजुलाई गोलि हानी हत्या गरेर सरकार फाँसीवादी चरित्र नाङ्गो र उदाङ्गो भएको भनिएको छ । “सरकारको यस्तो कार्यको खेद प्रकट गर्दछौं”, विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ विज्ञप्ती 

 

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार