• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको निगाल्चुलामा भीषण आगलागी : करोडौँको टिमुर जलेर नष्ट, ७ वटा बाख्रा मरे


जेठ १२, सल्यान । सल्यानको निगालचुलामा भीषण आगलागी हुँदा करोडौँ मुल्य बराबरको टिमुर खेती नष्ट भएको छ । हिजो बिहानै देखि लागेको आगोले ७ वटा बाख्रा समेत जलेर मरेका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १२ मा रहेको निगाल्चुलामा आगो हिजो देखि लागेको र अझै नियन्त्रणमा नआएको वडा अध्यक्ष गोविन्द डाँगीले लेकाली अनलाइनलाई बताए । उनका अनुसार आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय लागेपछि अझै नियन्त्रणमा आएको छैन् ।

अत्याधीक हावाहुरीले आगो नियन्त्रणमा आउन कठिन भएको उनले बताए । अहिले साविकको निगालचुला गाविसको वडा नम्बर २, ३ र ४ का विभिन्न सामुदायीक वनमा आगलागी भैरहेको छ । नगरको वडा नम्बर १० बाट आगलागी सुरु भएको उनले बताए ।

आगलागीबाट स्थानीय काफलगैराका प्रेम खत्रीका ७ वटा बाख्रा जलेर मरेको अवस्थामा जंगलमा भेटिएका छन् भने जंगलमा चराउन लिएका ९ वटा बाख्रा अझै बेपत्ता छन् । जिल्लाकै टिमुर खेतीको लागी पकेट मानिने यहाँ करोडौँ मुल्य बराबरको टिमुर जलेर नष्ट भएको अध्यक्ष डाँगीले बताए । केहि समय अघि फलेको र अबको केही महिना पछि उत्पादन टिप्न सुरु गरिने टिमुरका बोटहरु आगलागीले पुरै जलेर नस्ट बनाएको उनले बताए ।

टिनले छाएको कारण घरमा त्यती क्षेती हुन नसकेपनि खरले छाएका केही घर भने अहिले पनि आगलागीको उच्च जोखिममा रहेको उनले बताए । आगो नियन्त्रणमा लिन अहिले विभिन्न ठाउँमा स्थानीयहरु लागिरहेको उनले बताएका छन् । सुरक्षाकर्मी भने राती १ बजेसम्म आगो निभाएर फर्किएका छन् ।

यो बर्ष सल्यानमा अत्याधिक आगलागस् भएको छ । यो बर्ष सल्यान धेरै आगलागी हुनेमध्य नेपालको दोस्रो जिल्लामा परेको तथ्याङले देखाएको छ । यस बर्षको बैशाख र जेठमा मात्रै गरेर आगलागीबाट सल्यानमा ३ जनाको ज्यान गएको छ भने एक दर्जन भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् ।

फोटो फाइल

 

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार