• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

काठमाडौको सुकेधारा र अनामनगरमा विष्फोटः तीन जनाको मृत्यु, ६ जना घाईते


जेठ १२, काठमाडौं – काठमाडौंको सुकेधारा र अनामनगरमा आइतबार दिउँसो विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ।

सुकेधाराको ढलाने पुल छेउको एक शैलुनमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको महाराजगन्ज प्रहरीले जनाएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएकाबताईएको छ ।

विस्फोटमा परी ६ जना घाइते भएका छन् । कसरी विष्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले अनुसन्धान गरिरहेको छ ।

यस्तै, अनामनगरमा एक घरमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।

सो स्थानमा अन्य विस्फोटक पदार्थसमेत रहेको आशंकामा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही शंकास्पद वस्तु रहेको भन्दै प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताइएको छ । द्दटनास्थलमा बाक्लो मात्रामा प्रहरी समेत परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार