• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ


जेठ १२, सल्यान ।
सल्यानमा विप्लव नेकपाका एक कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा निकट युवा संगठन सल्यानका उपाध्यक्ष डम्बर चलाउनेलाई प्रहरीले सनिवार साँझ पक्राउ गरेका बताइएको छ ।

शिद्दकुमाख गाउँपालिकामा घर भएका २० बर्षका उनलाई घर नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र सार्वजनिक तथा प्रहरीमाथिको अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरिएको प्रहरी श्रोतले जनाएको छ ।

यसैबीच यसअघि पक्राउ परेका उक्त पार्टीका जिल्ला सदस्य नारायण वली रिहा भएका छन् । उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय सल्यानले धरौटीमा रिहा गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार