• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

विप्लव नेकपाको बन्दमा बिहानै छिन्चु-जाजरकोट सडक सुख्खा पहिरोले बन्द गर्यो


इन्द्र बुढाथोकी / जेठ १३, सल्यान । छिन्चु जाजरकोट सडकको सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका वडा न १ को बाङ्गिरह नजिकै सुख्खा पहिरो आउँदा सडक अबरुद्ध भएको छ ।

बिहान ४ बजेको समयमा आएको पहिरोले गर्दा आवतजावत गर्ने यातायातका साधन अवरुद्ध भएका छन् । सुखा समयमा पनि पहिरो आउदा समस्या भएको छ ।

आज विप्लव नेकपाले बन्द गरेपनि आवश्यक बस्तु वसारपसार गर्ने र बिरामी परेका मानिसलाई समस्या परेको छ । अहिले नेपाल प्रहरी र बनगाड कुपिण्डेको जेसिबि लागेर पहिरो पन्छाउने काम भैरहेको छ ।

तल बाट फाल्दै गर्दा माथी बाट पहिरो सामान्य खेसिरहेकोले फाल्न २ घण्टा सम्म लाग्न सक्ने ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज सुशील रावलले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार