• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

बिजुलीको पोलबाट जमिनमा गाडिएको अर्थिङ छुँदा रुकुममा बालकको मृत्यु


जेठ १३, रुकुम पश्चिम । 

रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मुसीकोट नगरपालिका १३ छिबाङ्गमा करेन्ट लागेर सानीभेरी गाउँपालिका १० घर भएका ११ बर्षिय केशव परियारको मृत्यु भएको हो । 

बिजुलीको पोलबाट जमिनमा गाडिएको अर्थिङमा आएको करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । छिबाङ्गमा फूपूको घर आएका परियार घर नजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि केरेन्ट लागेर घटनास्थालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार