• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान कपुरकोटमा स्यानेटरी प्याड बनाउन सक्ने २५ महिला तयार


जेठ १३, सल्यान । घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि सल्यानको कपुरकोट गाउँपालिकाले महिलाहरुलाइ प्याड बनाउन सिकाएको छ ।

६ वटै वडाबाट २५ जना महिला सूचीकारहरुलाइ छनौट गरेर गाउँपालिकाले सुआहारा सल्यान संगको सहकार्यमा दुई दिने स्यानेटरि प्याड बनाउने तालिम प्रदान गरेको हो । आइतबार र सोमबार भएको तालिममा कपडाको प्याड बनाउन सिकेको कपुरकोट ६ सिनवाङ सल्यानकी भुमिसरा साहुले जनाइन् । उनले भनिन्, ‘अव बजारमा प्याड किन्नका लागी हुने खर्च जोगिने भएको छ । आफै प्याड निर्माण गरेर प्रयोग गर्छु र अरुलाइ समेत विक्रि गर्नेगरि उत्पादन गर्छु ।’

एउटा प्याड ५ मिनेटमै तयार गर्न सकिने जनाउँदै भुमिसराले दिनमा ३ सय जती निर्माण गर्न सकिने जनाइन् । तालिम समापन कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले सिप विकासका यस्ता कार्यक्रमले महिलाहरुको आर्थीक अवस्था उकास्ने जनाउँदै ब्यवशायीक निरन्तरताको आवशयकता औँल्याए । सुआहाराका किरण ढुंगानाले स्यानेटरी प्याडको प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताए ।

तलिममा सहभागी मुलपानी निवासि मैना पुनले घरमै खेर गैरहेका कपडाबाट महिनाबारीको समयमा प्रयोग हुने प्याड बनाउने तरिका सिकाएकोमा गाउापालिकालाइ धन्यवाद दिइन् । रीम निवासि तिला घर्तीले महिलाहरुले प्रयोग गर्ने प्याड घरमै बनाउन सहज र सस्तो पर्ने भएकाले यसको उत्पादन र प्रयोग गर्ने प्रतिवद्धता जनाइन् । समापन कार्यक्रममा प्रशिक्षक विमला खान ठकुरी, कपुरकोट गाउँपालिकाका आइटी इन्जीनियर बुद्धिराज पौडेल, इन्जीनियर भुपेन्द्र यरि लगाएतको सहभागीता थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार