• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

गायिका प्रविशाको “मायालुको मात मिठो” गीत सार्वजनिक (भिडियो सहित)


राजन केसी/ जेठ १४, दाङ ।

नेपाली चलचित्रका गीत होस या अन्य जुनकुनै गीत एकपछि अर्को गीतहरु प्रस्तुत गरेर चर्चा बटुल्न सफल पछिल्नो समयकी चर्चित गायिका हुन प्रबिशा अधिकारी । उनै गायिका प्रविशा अधिकारी र अनिल शाहिको स्वरमा सजिएको ‘मायाको मात’ बोलको गीत सार्वजनिक भएको छ ।

गीत OSR Digital Youtube Chanel मार्फत सार्बजनिक गरिएको छ । बिटु के.सी.को शब्द रहेको गीतमा अनिल शाहीको संगीत, कम्पोज, रसिला श्रेष्ठको छायांकन छ ।

भिडियोमा प्रबिशा अधिकारी र अनिल शाहीको स्वर तथा अभिनय छ भने भिडियोलाई अमृत चापागाँईले सम्पादन गरेका हुन ।

हेर्दा कुनै नायिका भन्दा कम नदेखिने प्रबिशा भन्छिन मलाई दर्शक स्वर्ताले गित गाउँनमा मात्र हैन भिडियोमा पनि हेर्न चाहनु हुन्छ । मैले यो एउटा सानो प्रयास मात्र गरेकी छु । आफ्ना अन्य गीतहरुलाई मन पाराएजस्तै गरेर यो गीतलाई पनि सबैले माया गर्नु हुनेछ भन्ने कुरामा उनि विश्वस्त छिन ।

यस्तो छ भिडियो…

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार