• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा ३ जना पक्राउ परेपछि नेकपाले भन्यो, “सरकारबाटै गाउँमा युद्धको अभ्यास भैरहेको छ”


जेठ १४, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लामा आफ्ना ३ जना नेता–कार्यकर्ता पक्राउ परेको भन्दै आपत्ती जनाएको छ । हालैमात्र प्रहरीले नेकपा निकट युवा संगठनका जिल्ला उपाध्यक्ष डम्बर चलाउने, जिल्ला सदस्य गिरदल बस्नेत र एक सर्वसाधारण सेजन चन्दलाई घरबाट गिरफ्तार गरेको भन्दै आपत्ती जनाएको छ ।

घरमा आफ्नो दैनिकी काम गरेर बसिरहेकोलाई पक्राउ गरेर सरकारले गाउँ आताङकीत गरेको नेकपाले विज्ञप्तीमार्फत बताएको छ । सो पार्टीका जिल्ला सेक्रेटरी लोक्पालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “आफ्नै दैनिकी काम गरेर घरमै बसेकालाई पक्राउ गर्नुले देशमा दलाल सत्ताबाटै खतराको संकेत देखिएको प्रस्ट हुन्छ । हामीले युद्ध नचाहदा पनि दलाल सरकारले जवरजस्त युद्धमा धकेल्दैछ ।”

पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहा गर्न र धरपकट तथा झुटामुद्दा नलगाउन सो पार्टीले विज्ञप्तीमा आग्रह गरेको छ । उक्त कार्य जारी राखेमा त्यसको परिनाम नराम्रो आउने चेतावनी दिइएको छ । शान्तिपुरर्ण तवरबाट बसेकाहरुलाई धरपकट गर्दा निम्तन सक्ने परिस्थितीको बारेमा बुझ पनि सो पार्टीले आग्रह गरेको छ ।

त्यस्तै उक्त पार्टीले सयौं गाउबस्तीहरुमा अप्रेसनको नाममा सरकारले युद्धको अभ्यास गरिरहेको आरोप लगाएको छ । गाउँका गरिब किसान, मजदुरहरुमाथी सरकारबाटै त्रसित बनाइएको नेकपा सल्यानले बताएको छ । नेपालको कानुनी निकाय अदालतले छोड्न आदेश दिएपनि त्यस विपरित सरकारले अमानविय ढंगले धरपकट गरिहरको विज्ञप्तीमा जनाइएको छ ।

यहि जेठ ११ गते युवा संगठनका उपाध्यक्ष चलाउने, जेठ १३ गते पार्टी जिल्ला सदस्य गिरदल बस्नेत र पार्टी आस्थावान सर्वसाधारण सेजन चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तो छ विज्ञप्ती

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार