• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

आक्रोश हुँदै युवा संगठन नेपालले भन्यो ‘बम सहित छोपेको गलत र मिथ्या आरोप हो’


जेठ १४, काठमाडौं । विप्लव निकटको युवा संगठन नेपालले पक्राउ परेका नेता कार्यकर्ताको विरोध गर्दै रिहाइको माग गरेको छ । संगठनका अध्यक्ष पाटन जंगलीले एक विज्ञप्ती जारी गर्दै रिहाइको माग गरेका हुन् ।

नेकपाले आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा जेठ १२ गते सो संगठनका केन्द्रिय सदस्य राकेस श्रेष्ठ लगायत बुद्धिराम पुन, बुद्धी बहादुर सुनुवार, तेजबहादुर मोक्ताङ, चित्रकमल ओलि, डम्मर बहादुर तामाङ र तेजराज काफ्ले लाई प्रहरीले  बिनाकारण गिरफ्तार गरेको भन्दै उक्त संगठनले घोर भत्र्सना गरेको छ ।

उनिहरुलाई गृह प्रसासनले धरपकड गरि बम सहित छोपेको गलत र मिथ्या आरोप लगायको सो संगठनले जनाएको छ । उक्त आरोप आफुहरुमाथी दमन गर्ने र झुटा मुद्धा लगाउने प्रपञ्च रचिएको विज्ञप्तीमा भनिएको छ ।

पक्राउ परेकाहरुलाई रिहा नगरे चरन बद्ध आन्दोलनका कार्यक्रम गर्न सो संगठनले जनाएको छ ।

यस्तो छ विज्ञप्ती

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार