• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा आफ्नै ७ महिनाकी छोरी हत्या गरेको अभियोगमा आमा पक्राउ


जेठ १४, सल्यान । सल्यानमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा एक आमालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रानागाउ निवासी २८ वर्षीया सपना भण्डारीलाई पक्राउ गरेको हो । उनले आफ्नै ७ महिनाको छोरी जानकी भण्डारीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको परिवारले प्रहरीमा किटानी जाहेरी गरेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामका इनिस्पेक्टर नरबहादुर खड्काले लेकाली अनलाइनलाई बताए ।

पक्राउ परेकी भण्डारीलाई अहिले इलाका प्रहरी कार्यालय लुहाममा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । मृतक बालिकाको पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार