• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

कुष्ठरोग लागेपछि गाउँ निकाला गरिदिए, ३० बर्षदेखि जंगलमा बास


जेठ १४, पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाका- ४ का एक वृद्ध तीन दशकदेखि जङ्गलमा बास बस्दै आएका छन् । कुष्ठरोग लागेका जसवीर सुनारी गाउँदेखि करिब सात सय मिटर टाढा जङ्गलमा बस्दै आएका हुन् ।

कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले अरूलाई सर्न सक्छ भनेर उनलाई जङ्गलमा पठाएका थिए । उमेरले करिब ८० वर्ष पुगेका सुनारीले कुष्ठरोग लागेपछि गाउँलेले हेला गरेको गुनासो गरे । पहिले पनि मेरो नजिक कोही आउन मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए,ु सुनारीले भने ।

अविवाहित सुनारीलाई भाइका छोराबुहारीले घर बोलाए पनि गाउँलेले दुर्व्यवहार गर्ने भएकाले घर जान नसकेको बताए । उनी पहिले आफ्ना भाइसँगै बस्दै आएका थिए । बुढेसकालमा जङ्गलको बास भएको उनले गुनासो गरे । पानी पर्दा र रातमा जङ्गली जनावर कराउँदा डर लाग्ने उनले बताए ।

अहिले भने गाउँलेले विवाह चाडपर्वमा बोलाउने गरेको सुनारीले बताए । कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वास हुँदा कुष्ठरोगीप्रति दुर्व्यवहार हुने गरेको छ । रासस

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार