• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा अपरिचित मान्छेबाट विप्लवको नाम बेचेर चन्दा आतंक, भ्रममा नपर्न आग्रह


जेठ १५, सल्यान । सल्यानमा विप्लव नेकपाको नामबाट चन्दा एक व्यक्तीले चन्दा आतंकमच्याएको खुलेको छ । अनलि थापा नाम गरेको व्यक्तीले आफ्नो पार्टीको नाम बेचेर चन्दा आतंक मच्याएको नेकपा सल्यानले एक प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

९८१०८०२८४३ र ९८४८०१६६४४ नम्बरबाट फोनबाट ‘म विप्लवको मान्छे हुँ’ भन्दै केहि व्यक्तीहरुसँग पैसा लिएको र मागिरहेको नेकपाले विज्ञप्तीमा जनाएको छ । नेकपाका जिल्ला सेक्रेटरी लोक्पालले उक्त चन्दा माग्ने व्यक्ती आफ्नो पार्टीको नभएको र कसैले देखेमा कारबाही गर्न माग गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, “हाम्रो पार्टी र आन्दोलनलाई कमजोर बनाउनको लागी दलाल सत्ता संचालकका ठेकेदार, केहि गिरोह तथा व्यक्तीहरुले विभिन्न प्रपन्च खेलिरहेका छन् । अनिल थापा नाम गरेको व्यक्ती व्यक्ती हाम्रो पार्टीको नभएको र हाम्रो पार्टीले त्यस किसिमले चन्दा नमागेको आम समुदायीमा जनाकारी गराउदछौँ ।”

 

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार