• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

ठकुरी सहयोग संजाल सल्यानले दमाचौरका विद्यार्थी र स्कुललाई सहयोग गर्यो


जेठ १५, सल्यान ।
ठकुरी सहयोग संजाल सल्यान गणतन्त्र दिवसको अवसरमा विद्यालय तथा विद्यार्थीलाई सहयोग गरको छ ।

जिल्लाको दमाचौरमा रहेको भानुभक्त मावि र त्यस विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई बुधबार संजालले सहयोग गरेको हो । विद्यालयलाई अग्नि नियन्त्रण गर्ने ५ हजार २ सय मूल्य बराबरको मेसिन र १० जना गरिब तथा विपन्न विद्यार्थीलाई झोला, कापी, कलम दिइएको ठकुरी सहयोग संजालका जिल्ला अध्यक्ष अविषेक हमालले बताए ।

कार्यक्रम संजालका कर्णाली प्रदेश संयोजक प्रकाश बाबु चन्दको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा छत्रेश्वरी गाउँपालिका १ का वडा अध्यक्ष न
नेवबहादुर शाहा, संजालका सल्लाहकार सचेत शाह, सन्तोष शाह, सविन हमाल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले आफुहरुले जातिय संगठन बनाएर कुनै स्वार्थको राजनिती वा जातिय विभेद गर्न नखोजेर निस्वार्थ सहयोगको भावना गरेको बताए । उनले ठकुरी वा अन्य जातिका गरिब विद्यार्थीलाई विगत देखिनै सहयोग गर्दै आएको बताए ।

आफ्नै व्यक्तिगत लगानीबाट आफुहरुले सहयोग गरेको सल्लाहकार सचेत शाहाले बताए । उनले भने, “हामी जिल्लामा ४-५ जना सल्लाहकार छौं, सबैले पैसा उठाएर सहयोग गर्छौं, केहि जिल्ला कमिटीका साथिहरुले पनि सहयोग गर्नुहुन्छ ।”

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार