• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा अर्कै पुरुषसँग सम्पर्क हुँदा जन्मिएको बच्चाको हत्या, आमा पक्राउ


जेठ १६, सल्यान ।
सल्यानमा परपुरूषसंगको समागमबाट जन्मिएको  अबैध बच्चाको हत्या भएको छ ।

जिल्लाको दार्मा गाउँपालिका ३ बेरुखेतमा अबैध बच्चा मृत अबस्थामा फेला परेकाे हो । बच्चाको लास अाज बिहान ६ बजे साेहि ठाउकाे जङ्गलमा पुरिएको अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।

गाउँका बासिन्दाले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय फारुला र थारमारेकाे टाेलिले मुचुल्का गरेरको छ । स्थानिय २५ बर्षकी आशा विकले परपुरूषसंग सम्पर्क गर्दा जन्मिएको र उनैले हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

विकलाई प्रहरीले नियन्त्रणमा लिएको र लाशको पाेस्टमाटमका लागि जिल्ला अस्पताल सल्यानमा पठाईएको इप्रका फारुला ले जनाएकाे छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १६ गते बिहिवार