• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्रतिबन्धको विरोध गर्दै सल्यानमा क्रान्तिकारीको कोणसभा


जेठ १६, सल्यान।
सरकारले लगाएको प्रतिबन्ध प्ररतिरोध गर्दै नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले सल्यानमा कोण सभा गरेको छ ।

देशव्यापी भण्डाफोर गरिने केन्द्रिय कार्यक्रम अनुसार बुधबार ढाकाडामको गोठीवनमा रहेको विद्यालयमा विरोध सहितको सभा गरिएको हो । संगठनका कोषाध्यक्ष राजेन्द्र खड्काको अगुवाइमा गरिएको कार्यक्रमको सञ्चालन कार्न्तिकारिका जिल्ला सदस्य क. दिपक ले गरेका हुन ।

कार्यक्रममा खड्काले अहिलेको राष्ट्रिय समस्याका रूपमा देखा परेको एनसिएल काण्ड, बालुवाटार जग्गा संसदवादीका नाममा भएको विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा पाटिलाई लगाइएको प्रतिबन्ध र Ncellमा नेताहरू मुछिएको काण्ड र गिराफ्तार गरिएका विद्यार्थी बिनासर्त रिहा गर्न माग गरिएको छ भोजपुरमा मारिएका राजु र काठमाडौमा अन्तरिक दुघटनामा परेका सहिदको सपना पूरा गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन भएको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १६ गते बिहिवार