• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

बजेटले बास्तबिक निम्न बर्गलाई छुन सकेन (बिचार )


नारायण भट्टराई । संघीयतालाई बास्तबिक कार्यान्वयन गर्ने बजेट आयन।
गणतान्त्रिक देश नेपाल त्यसमा पनि संघीयतामा देश गैसकेपछि जुन स्थानीय तहलाई प्राथमिकतामा राखी बजेट प्रस्तुत हुनुपर्ने हो त्यसो भयन ।

अहिले जुन उत्पादनकोक्षेत्रमा लगानी बढाइ रोजगारि बढाउने कार्यक्रम ल्याउनुको सट्टा झन पहुँचवाला र आफन्तले मात्र परिचालन गर्न सक्ने किसिमको बजेट बिनियोजन भएको देखियो । बिगतका बर्षहरुमा भन्दा केही थोरै रुपमा फरकपन आएता पनि सारमा अहिलेको समयले मागेको र थोरै समयमै देशलाई आर्थिक उत्पादन मार्फत समृद्ध देश बनाउने खालको बजेट आउन सकेन।

हुनत विभिन्न क्षेत्रमा र विषयमा बजेट बिनियोजन गर्नु मात्र ठूलो कुरा होईन त्यसलाइ कार्यान्वयन गर्नु ठूलो कुरा हो र सम्बन्धित सबैले बजेटलाई कसरी सार्थकरूपमा कार्यान्वयन गर्छन् त्यो त हेर्ने कुरा भयो। संघीय तथा प्रादेशिक संसदको लागि पनि बजेट बिनियोजित हुनु दुर्भाग्य मान्नुपर्छ । जसले नीतिनिर्माण गर्ने र नियम कानुन बनाउने हो त्यसैले नै स्थानीय जनप्रतिनिधिको रुपमा काम गर्न थालेपछि संघीयताको बास्तबिक मर्म बिपरित हुनजान्छ।

यो बजेटले सरकारी, सहकारी वा साझेदारी र निजिलगानीलाई प्राथमिकता र सन्तुलन मिलाइ उत्पादनका क्षेत्रको वास्तविक पहिचान गरि युवापलायनलाई देशमै रोक्ने कन्कृट कार्यक्रम ल्याउनु पर्ने हो त्यसो देखियन । तसर्थ यस्तोकिसिमको बजेट तथा नीति कार्यक्रमले सूखी नेपाली समृद्ध देश भन्ने नारामा मात्र सिमित हुने देखिन्छ।

प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते शुक्रवार