• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङमा घरको छतमा सुतेका व्यक्तिको खसेर मृत्यु


जेठ १७, सल्यान ।
दाङमा घरको छतमा सुतेको अबस्थामा खसेर एक ब्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको लमही नगरपालिका ६ देउपुर निवासी ३३ बर्षीय किशोर डिसीको छतबाट खसेर मृत्यु भएको हो ।

बिहीबार राति घरको छतमा सुकेका डिसीको शुक्रबार बिहान ४ बजेतिर घरको छतबाट खसेपछि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताए ।

डिसीको शवलाई पोष्टमार्टमका लागी लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते शुक्रवार