• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

रंगशालामा डोजर चलाउनेलाई यस्तो छ कानुनी सजाय ?


जेठ १७, चितवन । चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशालाको बारमा डोजर लगाउने घटनाका मुख्य योजनाकार प्रकाश कँडेल सहित १८ जना विरुद्ध मुद्धा दर्ता भएको छ । उनिहरु विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दुर्गाराज रेग्मी जानकारी दिए ।

उनिहरुलाई मुद्धा दर्ता पश्चात म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।अभद्र व्यवहार सम्बन्धी मुद्धाबाट दोषि प्रमाणित भए एक बर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको रेग्मीले जानकारी दिए ।

यो मुद्धा जिल्ला प्रशासन कार्यालयले हेर्छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विहिवार भरतपुरमा आयोजित कार्यक्रममा जागिर गएपनि घटनामा संलग्नलाई कारवाही गर्ने चेतावनी दिए । रङ्गशालामा डोजर लगाएर बार भत्काएको घटनाको सर्वत्र निन्दा भएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते शुक्रवार