• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

जनप्रतिनिधिकै लाजमर्दाे : घुस लिँदालिँदै वडासदस्य पक्राउ


जेठ १७, महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका ४ का वडा सदस्य राम चन्द्र राय (यादव) घुसको रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिइ गएको टोलीले यादवलाई सेवाग्राहीसँग ३६ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिन भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा गएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

घुस रकमसहित जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित सैलेश चोकबाट उनलाई रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते शुक्रवार