• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

दाङ फुलबारीमा महिलाहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न


 

दाङ सम्बादाता , जेठ १७, दाङ । तुलसिपुर १३ फुलबारी दाङमा महिलाहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

राप्ती बहिरा संघ दाङकाे अायाेजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ काे अार्थीक सहयाेगमा महिलाहरुकाे सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।

राप्ती बहिरा संघ दाङका अध्यक्ष कुमार शर्माकाे शभाध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडा सदस्य कमला केसी काे प्रमुख अातिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि केसीले वडा नं.१३ मा रहेका हरेक वर्ग र समुदायमा रहेका महिलाहरुकाे क्षमता विकास गर्दै सशक्तीकरण गर्नका लागि वडाले हरेक वर्ष सचेतना तथा अायअार्जन र सिपविकासका लागि बजेट विनियोजन गर्दै जाने कुरामा जाेड दिईन् ।

कार्यक्रममा प्रशिक्षकहरु माया श्रेष्ठ,प्रतिमा शर्मा र देवा डाँगीले महिला हिंसा,याैन तथा प्रजनन स्वास्थ्य अधिकार , लैंगिकता समावेशीकरण र समानता तथा समताका विषयहरुमा अाफ्नाे प्रस्तुतिकरण गरेका थिए ।

६०जना महिलाहरुकाे सहभागीता रहेकाे उक्त कार्यक्रममा सहभागीहरु रिता चाैधरी र कल्पना थापाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते शुक्रवार