• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्रतिबन्धीत विप्लव नेकपाले रोल्पाका प्रत्यक गाबिस र बिद्यालयमा श्रदान्जली सभा गर्यो


जेठ १७, रोल्पा ।  नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको पार्टीले जेठ ७ गते भोजपुरमा प्रहरीद्वारा गोली प्रहारगरि हत्या गरिएका शहिद तिर्थ घिमिरे, काठमाडौंका २ ठाउँमा बम विस्फोटमा परि ज्यान गुमाएका महान, दिपेन्द्र, प्रज्वल, निरन्तरको सम्झनामा आज देशभरी नै श्रदान्जली सभा गरेको छ ।

यसै शिलशिलामा नेकपा रोल्पाले जिल्लामा रहेका साबिकका प्रत्यक गाबिसमा श्रदान्जली सभा कार्यक्रम सम्पन गरेको जनाएको छ । साथै रोल्पाका प्रत्यक बिद्यालयहरुमा शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण कार्यक्रम सम्पन्न भएको नेकपा रोल्पाका सेक्रेटरी प्रयासले बताए ।

आफु लुग्री इलाकाले आयोजना गरेको श्रदान्जली कार्यक्रम उपस्थित भएको समेत जानकारी दिए । उनका अनुसार साबिकका प्रत्यक गाविसमा जनताको सहभागितामा श्रदान्जली सभा सम्पन्न भएको हो !

यता रोल्पाकै गङ्गा देव गाउँपालिकाको पातिहाल्नमा पनि जनताको सहभागितामा बृहत श्रदान्जली सभा सम्पन्न भएको इलाका इन्चार्ज सन्दिपले बताए । पार्टी केन्द्रको निर्देशन अनुसार सहादत प्राप्त गर्ने योद्दाहरुको स्मरणमा श्रदान्जली सभा सम्पन्न गरेको सन्दिपले बताए । उक्त सभामा जनसमुदायहरुको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते शुक्रवार