• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

आलोपालो प्रधानमन्त्री बन्नेबारे फेरी प्रचण्डको जवाफ यस्तो आयो ?


जेठ १८, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका क्रममा आलोपालो प्रधानमन्त्री बन्नेबारे कुनै नौलो कुरा नभएको बताएका छन् ।

पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले आलोपालो प्रधानमन्त्रीमा सहमति पहिल्यै नै भएको भन्दै कुनै नौलो कुरा नभएको बताएका छन् । आलोपालो प्रधानमन्त्री बन्नेबारे भने प्रचण्डले पार्टीले एकीकरणका क्रममा जे सम्झौता गरेको थियो त्यो परिस्थितिअनुसार इमान्दारितापूर्वक कार्यान्वयन गर्दै जाने स्पष्ट पारे ।

सहमति भएको विषयमा बढी प्रचारबाजी भएको उनले बताएका छन् । प्रचण्डले यसअघि भएको सहमति आफूले स्मरण मात्रै गरेको भन्दै यो चर्चाको विषय नै नभएको बताए ।

यसमा अरुले खेल्ने मौका पाउँछन् नि भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले तपाईहरु नखेल्नुहोला भन्दै प्रचण्डले उल्टै पत्रकारलाई पश्न गरे।

एक टेलिभिजनको अन्तर्वार्तामा नेकपा अध्यक्ष प्रचण्डले एकताका बेला दुई अध्यक्षबीच सहमती भएको र त्यसलाई कार्यान्वयन गर्न  प्रधानमन्त्री ओलीलाई सुझाब दिएपछि नेकपाका दुई अध्यक्षबीच तिक्तता पैदा भएको थियो । प्रधानमन्त्री ओली र प्रचण्डबीच भोलि छलफल यसबारेमा हुने बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते शनिवार