• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

दाङ : ताेपापानीमा अपांगता परिचयपत्र वितरण शिबिर सम्पन्न


दाङ सम्बादाता , जेठ १८, दाङ । तुलसीपुर  १९ ताेपापानीमा अपांगता परिचयपत्र वितरण शिबिर सम्पन्न भएको छ ।

तुलसिपुर उपमहानगरपालिका महिला बालबालिका ,जेष्ठनागरिक तथा सामाजिक विकास महाशाखाकाे अायाेजनामा तुलसीपुर उपमाहानगरपालिका वडा नं.१९ काे ताेपापानीमा अपांगता भएका व्यक्तिहरुकाे लागि अपांगता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भयाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का वडा अध्यक्ष रामबहादुर याेगीकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमकाे उद्देश्य तथा अपांगता परिचयपत्रकाे अावश्यकता तथा प्रक्रियाका बारेमा तुलसीपुर महिला बालबालिका जेष्ठनागरिक तथा सामाजिक विकास महाशाखा प्रमुख सीता अधिकारीले प्रष्ट पार्नु भएको थियोे ।

उक्त कार्यक्रममा १४ जना जेष्ठ नागरिक र १४ जना अपांगता भएका व्यक्तिहरुले परिचयपत्र प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते शनिवार