• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

रोल्पामा भारी बर्षा भई पहिरो जाँदा २ घर पुरिए, एक महिलाको मृत्यु


जेठ १८, रोल्पा । रोल्पामा भारी बर्षका कारण पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोले जिल्लाको लुग्री गाउँपालीकाकी ५ किलाचौरकी अन्दाजी ५० बर्षीया गौमाला माझीको पुरिएर मृत्यु भएको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिए ।

पहिरोमा २ वटा घर पुरिएका छन् । स्थानीय प्रहरीका अनुसार माझीको घर र नजिकै रहेको स्वास्थ्य कार्यालयको भवनमा पहिरोले क्षेती पु¥याएको छ ।

पहिरोले गाउँपालिकाको कार्यालयमा समेत क्षेती पुर्याएको छ । गाउँपालिकाको भुइतलाको दुइवटै सटर पुर्ण रुपमा पुरिएको छ । पहिरोले २ वटा प्राइभेट मोटर साइकल समेत पुरिएका छन् ।

कार्यालय सँगै सटेको घरमा बाहिर कुलेसो काट्दै गरेकी माझीलाई माथिबाट आएको पहिरोले पुरेको स्थानीयले बताएका छन् । उनको शव निकाल्न अहिले घटनास्थलमा डोजर लगाएर शव निकाल्ने प्रयास भइरहेको छ । महिला पुरिएको ठाउँमा ठुलो पहिरो भएकाले शव निकाल्न समय लाग्ने स्थानीय प्रहरीले जनाएको छ ।

क्षेतिको थप विवरण पनि आउन बाँकी छ । अझै पनि पानी पर्न सक्ने सम्भावना भएकाले पहिरोले थप क्षेति पु¥याउन सक्ने भन्दै सजक हुन पहिरो नजिकका स्थानियहरुलाई गाउँपालिकाले आग्रह गरेको छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते शनिवार